site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरभित्र ५०० बालबालिका सार्वजनिक सवारीमा श्रमिक
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक सवारीसाधनमा श्रमिकका रूपमा काम गर्ने बालबालिकाको तथ्यांक संकलन गरेको छ । अध्ययनानुसार, महानगरभित्र सञ्चालित सार्वजनिक सवारीसाधनमा ४८९ बालबालिका सहचालकका रूपमा कार्यरत छन् ।

महानगर क्षेत्रभित्र गुड्ने सार्वजनिक सवारीसाधनमा सहचालकका रूपमा काम गर्ने ४८९ बालकमध्ये १४३ जना १४ वर्षमुनिका छन् । चक्रपथ परिक्रमा गर्ने रुटमा मात्र ९२ बालकले सहचालकका रूपमा काम गरिरहेका महानगरले जनाएको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक सवारीसाधनमा सहचालकका रूपमा काम गरिरहेका बालबालिकामध्ये १४ जनामा दीर्घकालीन रोग र संक्रमण देखिएको महानगरको अध्ययनमा देखिएको छ ।

४८९ बालबालिकामध्ये करिब २०० जनाले परिवारको कमजोर आर्थिक अवस्थाका कारण सहचालकका रूपमा काम गरिरहेका अध्ययनमा देखिएको छ ।

बालश्रम निषेधित भए पनि महानगर मात्र नभई काठमाडौं उपत्यकाभरि सञ्चालित सार्वजनिक सवारीमा ठूलो संख्यामा बालबालिका सहचालकका रूपमा कार्यरत छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro