site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट एन्ड रोड एनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेन्ट गरेको भन्दै अब परियोजनाअन्तर्गत नयाँ योजनाहरू ल्याउन सकिने सम्भावना रहेको उल्लेख गरे । अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रस्तावहरू चीनसँग लैजानुपर्ने बताए ।

उनले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको उल्लेख गरे । यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरूको कुरा मात्रै भएको उनको भनाइ छ । देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरू बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

"बीआरआईअन्तर्गत ऋण लिनै हुँदैन, ग्रान्ड मात्रै लिनुपर्छ भन्नेखालका जुन अवधारणा हुन्, यी अवधारणा भनेका आफैँमा थोत्रा अवधारणा हुन् । यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने, विषयवस्तुलाई बेनिफिट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरूका कुरा मात्रै हुन् । हामीले देशको आवश्यकता के हो ? त्यसअनुसार आफ्ना परियोजनाहरू बनाएर अघि बढ्न सक्नुपर्छ । त्यसो गर्नसके मात्रै बीआरआईबाट हुनसक्ने फाइदाहरू लिनसक्छौँ," उनले भने ।

सम्मानित नेता खनालले नेपालमा बीआईआई परियोजनाका बारेमा भ्रमहरू फैल्याइएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro