site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फागुन १६ र १७ गते काठमाडौंमा पाँचौँ श्रम तथा रोजगार सम्मेलन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
 
आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई मूर्त रूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ । 

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तारिक रोजगारी दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने र वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने उदेश्यले सम्मेलनको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता एवं राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । 

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने उनले बताए । 

सम्मेलनले विभिन्न अन्तर–सम्बन्धित विषयमा श्रमिक, रोजगारदाता र सरकारका अतिरिक्त यस क्षेत्रका विज्ञ, अध्ययन अनुसन्धानकर्ता र नीति निर्माणको समेत सहभागितामा सघन छलफलको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro