site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गल्ती गर्ने कम्पनीलाई कारबाही गर्छौँ : अध्यक्ष दहाल
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष मदन दहालले गलत गर्ने बिमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बुधबार प्राधिकरणमा भएको पत्रकार भेटघाट कार्यक्रममा दहालले बिमा क्षेत्रलाई स्वस्थ बनाउने बताए ।

उनले राष्ट्रिय जीवन बिमा कम्पनीलाई चाँडो अडिट सक्न निर्देशन दिएको पनि बताए । यो कम्पनीले प्राधिकरणको निर्देशन नमाने 'टेक ओभर' गर्नेसम्मको चेतावनी दिएको बताए । "राष्ट्रिय जीवन बिमा कम्पनीले प्राधिकरणको निर्देशन नमान्ने हो भने टक ओभर गर्छु भनेर कम्पनीको अध्यक्षलाई भनेको छु," उनले भने, "अरू पनि कम्पनीले गलत गरेका छन् भने केही दिनमा अध्ययन गरेर २र४ वटा कम्पनीलाई कारबाही गरेर देखाउँछु ।"

उनले आफ्नै कार्यकालमा कार्यकारी निर्देशक नियुक्त गर्ने बताए । सर्भेयरले गर्दा पनि समस्या निम्तिएको भन्दै अध्यक्ष दहालले उनीहरूलाई तालिम दिएर मात्र लाइसेन्स दिने र नवीकरण गर्ने तयारी गरिएको बताए ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्