site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार ५ अंकले बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार पाँच अंकले बढेको छ । आज बजार ५.१० अंक बढेर २,५८१.६० को विन्दुमा उक्लिएको हो ।

सामान्य अंकले बढेको बजारमा १५० कम्पनीको सेयरमूल्य बढेको छ । ८८ कम्पनीको सेयरमूल्य घटेको छ ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको ९४ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

त्रिशुली जलविद्युत् कम्पनी, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, जोशी हाइड्रोलगायत कम्पनी उच्च कमाउने कम्पनीमा रहे ।

उपसूचक समूहतर्फ बैंकिङ समूह, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, म्युचअल फण्ड तथा अन्य समूहको सेयरमूल्य घटेको छ । बाँकी समूहको सेयरमूल्य बढेको छ ।  

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro