site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बज्राचार्य र बोहराको अवकाशसँगै एआईजीमा दुई पद रिक्त, केही प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल प्रहरीमा दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को पद रिक्त भएको छ । एआईजी किरण बज्राचार्य र भरतबहादुर बोहराले अवकाश पाएसँगै दुई पद रिक्त भएको हो ।

बज्राचार्यले मंगलबार र बोहराले आइतबार अवकाश पाएका हुन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बुधबार बिदाइ गरेको थियो । एआईजीको ५६ वर्षे उमेर हदका कारण उनीहरूले अवकाश पाएका हुन् ।

उपत्यका प्रहरीको कमान्ड सम्हालेकी बज्राचार्यले अवकाश पाएसँगै अर्का एआईजी टेकप्रसाद तामाङले उपत्यकाको कमान्ड सम्हालेका छन् ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुख तामाङलाई मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उनलाई उपत्यका प्रहरी प्रमुखको जिम्मा दिएको हो ।

यसरी नै गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुर प्रमुख (एसएसपी), त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख र उपत्यका ट्राफिक प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरका एसएसपी शेखर खनालाई सरुवा गरेर अर्का एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाएको छ ।

यसरी नै ट्राफिक प्रमुखमा एसएसपी विनोद घिमिरे र विमानस्थल प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौर पठाएको छ । यसअघि, उपत्यका ट्राफिक कार्यालय र विमानस्थल प्रमुखमा डीआईजीले कमानन्ड सम्हादै आएका थिए । 

प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर तालिम केन्द्रमा पठाइएको छ ।

अहिले पनि एसएसपीले नै कमाण्ड गर्ने गरी उनीहरूलाई जिम्मा दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro