site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डब्लूएचओले चीनसँग पटक–पटक किन माग्यो कोभिडसम्बन्धी तथ्यांक ? 

बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्यांक र पहुँचको आग्रह गरेपछि बेइजिङले मंगलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ ।

चीनको मध्य सहर वुहानमा पहिलोपटक देखापरेको कोभिड–१९ले लाखौँ मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणालीलाई कमजोर बनाएको थियो ।

डब्लूएचओले सोमबार विज्ञप्ति प्रकाशित गर्दै चीनले थप जानकारी साझा गर्नु ‘नैतिक र वैज्ञानिक अनिवार्यता’ भएको बताएको छ ।  

“पाँच वर्षअघि... चीनले तुरुन्तै डब्लूएचओ र अन्तर्राष्ट्रिय समुदायसँग महामारीको जानकारी र भाइरल जिन अनुक्रम साझा गर्‍यो,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार नियमित पत्रकार सम्मेलनमा भने, “कुनै पनि कुरामा रोक नलगाई हामीले हाम्रो रोकथाम, नियन्त्रण र उपचारको अनुभव साझा गर्‍यौँ, यसले अन्तर्राष्ट्रिय समुदायको महामारीसँग लड्ने काममा ठूलो योगदान पुर्‍याउँछ ।” 

यो महिना वुहानमा महामारी फैलिएको पहिलो रिपोर्ट भएको पाँचौँ वार्षिकी हो । कोभिड–१९ महामारीका क्रममा डब्लूएचओले चिनियाँ अधिकारीहरूको पारदर्शिता र सहयोगको कमीको बारम्बार आलोचना गरेको थियो ।

डब्लूएचओको नेतृत्वमा र चिनियाँ सहकर्मीहरूको साथमा विशेषज्ञहरूको टोलीले सन् २०२१ को सुरुमा महामारीको उत्पत्तिको बारेमा अनुसन्धान गरेको थियो ।

एक संयुक्त प्रतिवेदनमा तिनीहरूले भाइरस सम्भवतः बजारमा मध्यस्थ जनावरबाट मानिसमा सर्ने अनुमानलाई समर्थन गरे । 

अनुसन्धानकर्ताहरू त्यसयता चीन फर्कन सकेका छैनन् र डब्लूएचओका अधिकारीहरूले पटक-पटक थप तथ्यांक मागेका छन् । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro