site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपलले २९ महिनामा बेच्यो चार लाख कार, २०२५ का लागि बढायो लक्ष्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । दीपलले आफ्ना गाडीको चार लाख युनिट बिक्री पूरा गरेको बताएको छ । चिनियाँ कम्पनी चांगन अटोमोबाइल्सले २९ महिनामा यो आँकडा हासिल गरेको बताएको छ ।

कम्पनीले डिसेम्बर ३० मा चार लाख गाडी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो । गत अक्टोबरमा कम्पनीले तीन लाख गाडी बिक्री गरेको थियो ।

यसले दुई महिनामै थप एक लाख गाडी बिक्री गरेको देखाएको छ ।

सन् २०२२ मा एसएल ०३ सेडानबाट विद्युतीय गाडी (ईभी) बिक्री थालेको दीपलले २०२३ को सेप्टेम्बरसम्म एक लाख गाडी बिक्री गरेको थियो ।

कम्पनीको दोस्रो मोडल दीपल एस७ का दश हजार युनिट ३५ दिनमै बिक्री भएको थियो । हाल दीपलका एसएल ०३, एस०७ (पूरा एस७), जी३१८, एल०७ र एस ०५ गरी पाँच मोडल बजारमा उपलब्ध छन् ।

दीपलले सन् २०२५ मा कम्तिमा पाँच लाख गाडी बिक्रीको लक्ष्य राखेको छ । जसमा चार लाख स्थानीय बजारमा र एक लाख विदेशमा बिक्री गर्ने लक्ष्य छ ।

सन् २०२५ को अन्त्यसम्म ८१ देशमा गाडी बिक्री गर्ने लक्ष्य कम्पनीको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro