site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीका दुई स्थानमा शंकास्पद वस्तु फेला

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । उपमहानगर कार्यालयअगाडिको पसल र बुढीखोला पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उपमहानगर कार्यालयअगाडिको शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको थियो । त्यसलाई केही बेरअघि निष्क्रिय बनाइएको छ । बुढीखोला पुलमा शंकास्पद वस्तु के भन्नेबारे जाँच भइरहेको बताइएको छ ।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहका नाममा भोटेपुल, बुढीखोला र उपमहानगरपालिकाअगाडि कालो झोलामा बम राखिएको सूचना पाएको प्रहरीले जनाएको छ । त्यसानुसारको कालो झोला भने उपमहानगरको कार्यालयअगाडि मात्र भेटिएको थियो ।

बुढीखोला पुलमुनि एउटा बोरा भेटिएको र त्यो शंकास्पद वस्तु भए/नभएको विषयमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro