site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको बताएका छन् । सुदूरपश्चिम कलाकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

पुस १५ लाई सुदूरपश्चिमले ठूलो पर्वका रूपमा मनाउने गरेको स्मरण गर्दै उनले यस पर्वलाई रात छोटो र दिन लामो हुनुका साथै चिसो मौसम अन्त्य भएर न्यायो मौसमको सुरुवातको रूपमा मनाउने गरेको बताए । 

मन्त्री पाण्डेले पछिल्लो पुस्ता मिहिनेतका कारण दूरदराजका कला संस्कृतिको उजागर र संरक्षणमा टेवा पुगेको बताए । उनले सुदूरपश्चिमेली कलाकारले गुणस्तरीय गीतमार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताए । 

उक्त  समारोहमा देउडा सम्राट एवं नेपाली राष्ट्रिय गान छनोट समितिका सदस्य नन्दकृष्ण जोशीलगायत दर्जनौँ कलाकारले आफ्नो प्रस्तुति, छलिया नाच, देउडा नाच समेत प्रस्तुत गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro