site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुम्बाले नै चलाएको कारको पछाडिको सिटमा थिए 'गोली हान्ने' पुरूषोत्तम, के गर्दै थिए इन्स्पेक्टर ?

काठमाडौं । पुस ६ गते (शनिबार) बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलिया रमौली सडकखण्डकै छेउमा बिहानै कार पार्किङ गरिएको अवस्थामा फेला पर्‍यो । स्थानीयवासीलाई लागेको थियो– कार चालकले नै कार छोडेर कतै गएका होलान् ।

बिहानैदेखि सडक छेउमा राखिएको कार राति ९:१५ मिटन जाँदा समेत त्यही रर्‍यो । कार सडक छेउमै लामो समय पार्किङमा राखिएको देखेपछि स्थानीयलाई शंका लाग्यो– कार कसले किन छाड्यो होला ?

खैरो रंगको कार वाग्मती प्रदेश–०१–०२८ च ७६१६ नम्बरको ईभी थियो । स्थानीय कार रहेकै ठाउँमा पुगे । जब कारभित्रको दृश्य देखे, उनीहरू तर्सिए । सिटमै चालक बेहोस थिए । स्थानीयले तत्काल प्रहरीलाई खबर गरे ।

Dabur Nepal
NIC Asia

स्थानीयको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको टोली एकसाथ कार पार्किङ गरिएको स्थान पुगे । सिट खोलेर हेर्दा चालक मृत अवस्थामा भेटिए ।

मृतकको साथबाट फेला परेका कागजातका आधारमा मृतक प्रहरीकै कार्यालय सहयोगी भएको खुल्यो । मृतक जितपुर सिमरा–१ घर भई इलाका प्रहरी कार्यालय सिमरा दरबन्दी रहेको तर सिमरा विमानस्थल सुरक्षा गार्डमा कार्यरत राजकुमार रुम्बा रहेको खुल्यो । रुम्बामा बाहिरी चोट केही देखिएको थिएन ।

प्रहरीलाई लागेको थियो– सिटमै बसेको अवस्थामा मृत फेला परेका कारण केही स्वास्थ्य समस्याले उनको ज्यान गयो होला । प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाए । तर, पोस्टमार्टको रिपोर्टले प्रहरी नै झस्कियो ।

पोस्टमार्टमा रिपोर्टमा भनिएको थियो– ‘गनसर्ट इन्जोरी टू हेड ।’

अस्पतालबाट रुम्बाको टाउकोमा एक थान गोली नै फेला परेको थियो । पोस्टमार्टम रिपोर्टले झस्किएको बारा प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो । रुम्बाको शव फेला परेको एक हप्तापछि बारा प्रहरीले तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा बाराजितपुर–१९ का मोटरसाइकल वर्कसपमा कार्यरत २७ वर्षीय पुरुषोतम कुमार दास, सोहीका इन्द्रजित कुमार चौहान र महोत्तरी जलेश्वर–३ का श्रीकान्त तिवारी छन् । पक्राउ परेकामध्ये तिवारी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (इन्स्पेक्टर) समेत हुन् ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरूको साथबाट मृतकले प्रयोग गरेको सुनको सिक्री, पर्स, झोला र पक्राउ परेकाहरूले प्रयोग गर्दै आएका ६ थान मोबाइल, ना१३प५४७ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

रुम्बाकै कारमा चढेका थिए आरोपित !

प्रहरीको अनुसन्धानका क्रममा रुम्बामाथि गोली प्रहार गर्ने आरोपित २७ वर्षीय पुरुषोतम कुमार दास हुन् । दाससमेत रुम्बाकै कारमा सवार थिए ।

बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काका अनुसार, कार रुम्बालाई कलैया जानका लागि भनेर पक्राउ परेका अर्का आरोपित इन्द्रजित चौहानले बुक गर्न लगाएका थिए ।

एसपी खड्काले भने, ‘‘रुम्बाको हत्या पूर्वयोजनाअनुसार गरिएको देखिन्छ । पक्राउ परेका आरोपित चौहानले नै बाराको कलैया जाने भनेर रुम्बालाई कार बुक गर्न लगाएको खुलेको छ । कार चढेपछि भने चौहानले नै दासलाई समेत राखेको देखिन्छ । बाटोमा भने पिसाब फेर्न भनेर निस्केपछि पछाडीबाट गोली हानेर भागेको देखिन्छ ।’’

उनीहरूले त्यसका लागि एक महिनादेखिनै योजना बनाएको देखिएको खड्काले बताए । उसो त मृतक रुम्बा र दासबीच केही समयअघि झगडासमेत भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार, दासले नै मन पराएको युवतीलाई रुम्बाले समेत जिस्काउन खोजेपछि उनीहरूबीच झगडा भएको थियो । सोही विषयको रिसइबी हत्याको कारणसम्म पुगेको हुन सक्ने प्रहरीले जनाएको छ । त्योबाहेक लुटपाट गर्ने उद्देश्यले समेत हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्याको योजनाकार भने दास र चौहान हुन् । तर, कार राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (इन्स्पेक्टर) तिवारीको भएको खुलेपछि उनीसमेत पक्राउ परेका हुन् ।

पीडित परिवारको जाहेरिको आधारमा तिवारीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको एसपी खड्काले बताए । यद्यपि, प्रहरीसँगको बयानका क्रममा तिवारीले आफ्नोकार भाडामा रुम्बालाई दिएको र घटनाबारे आफूलाई भने जानकारी नभएको बताएका छन् । हत्या हुँदासमेत कारमा तिवारी सवार नरहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro