
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) ढकेन्द्र खतिवडा तानिएका छन् ।
एसपी ढकाललाई आर्थिक अनियमितताका विषयमा छानबिन गर्न जिम्मेवारीबाट हटाएर वाग्मती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गाँजा मुद्दाका एक आरोपित पक्राउ नगर्ने सर्तमा चार लाख रुपैयाँ असुली गरेको उनीमाथि आरोप थियो ।
खतिवडाको ठाउँमा प्रहरी हेडक्वार्टरको यूएन शाखामा कार्यरत एसपी गौतम केसीलाई पठाइएको छ । केसी पनि यसअघि जिल्ला प्रहरी कार्यालय धादिङबाट तानिएका अधिकारी हुन् ।
गत वर्ष असोजमा अविरल वर्षापछि धादिङको झ्याप्लेखोलामा गाडी पहिरोमा पुरिएको थियो । त्यो घटनाबारे प्रमुख जिल्ला अधिकारीसित समन्वय अभाव देखिएको भन्दै केसीलाई फिर्ता बोलाइएको थियो ।