site stats
बाह्रखरी :: Baahrakhari
देश
दिउँसोभन्दा राति ठूलो पानी पर्ने, यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

दिउँसोभन्दा राति धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोसी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

“आज दिउँसोभन्दा राति वर्षा गराउने प्रणाली धेरै सक्रिय हुनेछ,” मौसमविद् कँडेलले भनिन्, “राति गण्डकीदेखि सुदूरपश्चिम प्रदेशसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।” 

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र  हिमपातको सम्भावना छ ।

“काठमाडौंमा मध्यम वर्षाको सम्भावना रहेको छ,” मौसमविद् कँडेल भन्छिन्, “काठमाडौं आसपासका क्षेत्रमा भने भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।” 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्