site stats
बाह्रखरी :: Baahrakhari
देश
कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको हो । 

ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित रातो भिरबाट सुक्खा पहिरो खस्दा भट्टेडाँडा हुँदै मकवानपुर जाने कान्ति लोकपथको सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज बिहान परेको पानीका कारण बिहान ५ः२० बजे ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भँडारे खोलामा लेदोसहतिको बाढी आउँदा  सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । 

सडक विभागसँग समन्वय गरी खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्