site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगार बोर्डलाई थप प्रभावकारी बनाउन तीन समिति बनाइने

काठमाडौं । वैदेशिक रोजगार बोर्डलाई थप प्रभावकारी बनाउन अब तीनवटा समिति गठन गरिने भएको छ । वैदेशिक रोजगार बोर्डअन्तर्गतका समिति (गठन तथा सञ्चालन) मापदण्ड, २०८१ मा यस्तो व्यवस्था गरिएको छ । मापदण्ड गत मंसिर २५ गते स्वीकृत गरिएको हो ।

“यस मापदण्डबमोजिम बोर्डलाई सहयोग र रहजीकरण गर्न बोर्डअन्तर्गत रही कार्य सम्पादन गर्ने गरी देहाय बमोजिमको विषयगत समिति रहने छन्,” मापदण्डमा भनिएको छ, “नीति, कानुन एवं व्यवस्थापकीय समिति, तालिम तथा अध्ययन अनुसन्धान समिति र कल्याणकारी कार्य व्यवस्थापन समिति ।”

समितिमा बोर्ड सदस्यमध्येबाट विषय विज्ञताको आधारमा बोर्डले तोकेको एकजना संयोजकसहित बढीमा सातजना सदस्य रहने छन् ।

समितिको सचिवको रूपमा बोर्ड सचिवालयको सम्बन्धित शाखाको प्रमुख वा कार्यकारी निर्देशकले तोकेको अधिकृत रहनेछन् ।

“ऐन, नियमावली एवं निर्देशिकाद्वारा बोर्डलाई प्रदत काम, कर्तव्य र अधिकारमध्ये आफ्नो समितिलाई यस मापदण्डबमोजिम तोकेको कार्यक्षेत्रको विषयमा समितिमा छलफल गरी निर्णयका लागि अध्यक्षमार्फत बोर्डमा पेस गर्ने,” समितिको काम, कर्तव्य र अधिकारमा उल्लेख छ ।

यस्तै, समितिले नीतिगतरूपमा बोर्डबाट निर्णय गर्नुपर्ने सचिवालयले समितिमा पेस गरेका विषयहरू समितिमा छलफल गरी राय परामर्श दिने काम पनि गर्नेछ ।

कल्याणकारी कार्य व्यवस्थापन समितिले वैदेशिक रोजगार कल्याणकारी कार्य, कामदारको स्वास्थ्य, पुनर्स्थापना, पुन:एकीकरण लगायतको कार्य गर्नेछ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro