site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवासँग कुनै मतभेद छैन, गगन हाम्रै टिममा छन् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको दाबी गरेका छन् । 

आइतबार जनकपुरधाममा पत्रकारसँगको भेटमा कोइरालाले भने "मेरो सभापतिजीसित कुनै किसिमको रिस, राग, द्वेस छैन । उहाँ मेरो आदरणीय सभापति हुनुहुन्छ, उहाँले बोलाएका बेला म जान्छु । मैले कुनै सूचना पाएँ भने भेटेर भन्छु, फोन गरेर भन्छु ।"

उनले महामन्त्री गगन थापा आफूहरूसँग नै रहेको जिकिर गरे । उनले थापाले आफूसँग आगामी महाधिवेशनमा सभापतिमा उठ्नेबारे कुनै कुरा नगरेको पनि बताए । पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उमेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको बताए ।

"उहाँ हाम्रो समूहमा हुनुहुन्छ । उहाँले सभापतिमा उठ्छु भने र मलाई त भन्नुभएको छैन । तपाईंहरूलाई भन्नुभएको छ भने मलाई थाहा छैन," उनले भने ।

उनले गगन थापा र पूर्वराजाबीच भेटवार्ता भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

त्यस्तै, कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनुपरेको बताए । संविधानलाई सुधार गर्न पनि दुई दल मिल्नुपरेको उनको भनाइ छ । संविधान सुधारका लागि दुई दलबीच गृहकार्य सुरु भइसकेको भन्दै कोइरालाले अन्य दलसँग मिलेर संविधान सुधार गर्नुपर्ने धारणा राखे ।

उनले अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने र कांग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro