विदेश
काठमाडौं । थाइल्यान्डको बैंककबाट दक्षिण कोरियाको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदै गरेको अवतरणका क्रममा दुर्घटनामा परेपछि जेजु एयरले माफी मागेको छ ।
‘मुआन एयरपोर्टमा भएको घटनाबाट प्रभावित सबैसँग हामी गहिरो माफी चाहन्छौँ,’’ जेजु एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, हामी स्थिति समाधान गर्न हर प्रयास गर्नेछौँ । यसबाट पर्न गएको पीडाप्रति हार्दिक दुःख व्यक्त गर्दछौँ ।
बोइङ ७३७–८०० विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १२० जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ १२:५४
प्रतिक्रिया दिनुहोस्