site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टेस्ट क्रिकेटमा बुमराहले लिए कीर्तिमानी २०० विकेट 

काठमाडौं । भारतीय क्रिकेट टिमका बलर जसप्रित बुमराहले टेस्ट क्रिकेटमा २०० विकेट लिएका छन् । बुमराहले आइतबार अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेटको चौथो दिन मेलबर्न क्रिकेट मैदान (एमसीजी)मा ट्राभिस हेडको विकेट लिएसँगै २०० विकेट पूरा गरेका हुन् ।

योसँगै बुमराहले टेस्ट क्रिकेटमा सबैभन्दा कमको औसतसहित २०० विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् । टेस्ट क्रिकेटमा बुमराहको औसत २० भन्दा कम छ । यसअघि, यो कीर्तिमान वेस्ट इन्डिजका बलर जोएल गार्नरको नाममा थियो । उनले २०.३४ को औसतसहित २०० विकेट लिएका थिए । 

बुमराह भारतीय टिमबाट टेस्ट क्रिकेटमा दोस्रो सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने बलरसमेत बने । उनले ४४औँ टेस्ट खेलमा २०० विकेट लिएका हुन् । यसअघि, भारतीय टिमबाट रविन्द्र जडेजाले ४४ खेलमा र यो सूचीको शीर्ष स्थानमा रहेका रविचन्द्रन आश्विनले ३७ खेलमा २०० विकेट लिएका थिए ।

भारतीय टिमबाट २०० विकेट लिनेमा भने बुमराह १२औँ बलर बने । 

भारतीय टोली हाल बोर्डर–गाभास्कर टेस्ट शृंखलाका निम्ति अस्ट्रेलिया भ्रमणमा छ । यी दुई टिमबीच हालसम्म भएका दुई टेस्ट १–१ को बराबरीमा चलिरहेका छ । हाल यी दुई टिमबीच शृंखलाको चौथो खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro