खेल

महाराष्ट्र । भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्णपदक जितेको हो ।
१० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी छन् । रासस
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ११:१३
प्रतिक्रिया दिनुहोस्