site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकासका कुरा लिएर शेखर कोइराला जनताको घरदैलोमा

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताका बीचमा चियासँगै विकासका कुरा सुरु गरेका छन् । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणको गुनासो तथा जनअपेक्षा प्रत्यक्ष बुझ्न कार्यक्रम सुरु गरेका हुन् । गृहनगर विराटनगरमा रहेका कोइरालाले शुक्रबार महानगरको वडा नं ६ का सर्वसाधारणसँग छलफल गरेका छन् ।

बीएफएम चोकमा आयोजित कार्यक्रममा सर्वसाधारणले विकासका आवश्यकता र भएका समस्याबारे कोइरालालाई जानकारी गराएका थिए । नेपाली कांग्रेसका क्षेत्रीय सचिव जितु गोल्छाले कोइरालाले सर्वसाधारणका कुरा सुनेको तर मन्तव्य नराखेको जानकारी दिए । स्थानीयले वडा नं ६ मा हुने गरेको डुबान समस्या समाधानका लागि पहल गरिदिन कोइरालासमक्ष आग्रह गरेका थिए ।

"निर्वाचित भएपछि कयौँ पटक उहाँले जनतासँग भेटेर उनीहरूको समस्या र माग सुन्ने गर्नु भएको छ," गोल्छाले भने, "योपटक पनि मतदाता र जनतासँग भेटघाट गर्न घर गाउँमै पुग्नु भएको हो ।" कोइराला विराटनगर आएपछि सर्वसाधारणसँग भेटघाट र छलफल गर्न विभिन्न स्थान पुग्ने गरेको बताए ‌ ‌।

कार्यक्रममा वडाध्यक्ष हरिश्चन्द्र नामक 'अक्ष्य' सहनीले वडा र महानगरपालिकाले गर्दै आएको विकास निर्माणका कामबारे जानकारी गराएका थिए । उनले जन अपेक्षाअनुसार काम गर्न आफूहरू सक्रिय भएको बताएका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङ कांग्रेस कोषाध्यक्ष रञ्जु अधिकारी, मोरङ–६ का क्षेत्रीय सचिव जितेन्द्र गोल्छा, मोरङ–६(क) का सभापति मधुबावुु तिवारी, विराटनगर–६ का वडाध्यक्ष हरिश्चन्द्र सहनी, विराटनगर–६ का कांग्रेस सभापति राम ढकाललगायत सहभागी रहेको कोइरालाको निजी सचिवालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro