site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
फाइल तस्बिर ।

झापा । कोसी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा प्रदेशभर तीन हजार ४९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जीप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए ।

“पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी संकेतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ,” उनले दुर्घटनाको कारण बताउँदै भने, “तीव्र गतिमा लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।”

सवारी दुर्घटनामा परी सो अवधिमा १९१ जनाको मृत्यु भएको छ भने ३२७ जना गम्भीर घाइते भएका छन् । रासस

 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro