site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तान : आन्दोलनमा सहभागी थप ६० सर्वसाधारण दोषी ठहर

इस्लामावाद । पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाइका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६०  सर्वसाधारणलाई सजाय सुनाएको छ ।

पूर्वप्रधानमन्त्री खानलाई गत वर्षको मे महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो र उनले देशका शक्तिशाली सैन्य नेताहरूविरुद्ध अवहेलनाको अभूतपूर्व अभियान चलाएका थिए ।

भ्रष्टाचारको आरोपमा उनलाई हिरासतमा लिएपछि राष्ट्रव्यापी अशान्ति फैलिएको थियो र केहीले सहभागीले सशस्त्र बलका प्रतिष्ठानमाथि समेत निशाना बनाएका थिए ।

पाकिस्तानमा दशकौँदेखि प्रत्यक्ष रूपमा शासन गर्दै आएको र अझै पनि ठूलो प्रभाव रहेको सेनाले गत ग्रीष्मयाममा अभियुक्तहरूविरुद्ध मुद्दा चलाउने बताएको थियो ।

शनिबारसम्म धेरै हदसम्म गोप्य रहेको र पहिलो २५ जनालाई दोषी ठहर गरिएको यो प्रक्रियाबारे संयुक्त राज्य अमेरिका, युरोपेली संघ र बेलायतले यसको निन्दा गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “पाकिस्तानी सैन्य अदालतमा न्यायिक स्वतन्त्रता, पारदर्शिता र उचित प्रक्रियाको ग्यारेन्टीको अभाव छ ।”

बिहीबार थप ६० जनालाई दोषी ठहर गरिएको घोषणा गर्दै सेनाले ‘कोर्ट मार्सल’ सम्पन्न भइसकेको जनाएको छ ।

फैसलाअनुसार ८५ जनालाई दुईदेखि १० वर्षसम्मको ‘कठोर कारावास’को सजाय सुनाइएको छ । सेनाले उनीहरूको सजाय के हो भनेर स्पष्ट पारेको छैन, उनीहरूको अपराधको स्थान मात्र सूचीबद्ध गरेको छ ।

“राज्य, सरकार र सशस्त्र बल न्यायको रक्षा गर्न र राज्यको अलंघीनीय अधिकार कायम राख्न आफ्नो प्रतिबद्धतामा अडिग छन्,” सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीले बिहीबार दोषी ठहर भएका व्यक्तिहरूमध्ये पूर्वप्रधानमन्त्री खानका भतिजा पनि रहेको र उनलाई एक दशकको जेल सजाय सुनाइएको जनाएको छ ।

“सैन्य अदालतमा मुद्दा चलाउनुले नागरिकको मौलिक अधिकारलाई कुण्ठित गरेको छ,” फैसलापछि खानलाई भेट्न जेलमा पुगेका उनका वकिल र पत्रकारसँग भएको कुराकानीको सारांशलाई उद्धृत गरी खान निकट अधिकारीले बताए । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro