site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तिम समयमा सम्हालियो सेयर बजार, पाँच अर्ब ३२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार अन्तिम समयमा सम्हालिएको छ । कारोबारको अन्तिममा बजार ४.१९ अंकले सकारात्मक हुँदै बन्द भएको हो ।

तीव्र उतारचढाव देखिएको बजार अन्तिममा बढ्न पुग्यो । यस दिनको कारोबारपश्चात् बजार मापक २६३०.७१ विन्दुमा कायम छ ।

बजार बढ्दा ७० कम्पनीको सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घटेको छ ।

पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । गुराँस लघुवित्त, प्रभु बैंक, कुथेली बुखरी हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे ।

बजार सकारात्मक रहँदा पनि उपसूचक समूहतर्फ चार समूहबाहेक बाँकी राताम्य देखिए । बैंकिङ सेक्टर १.८१, लगानी ०.२७, माइक्रोफाइनान्स ०.१४ र व्यापार समूह २.३१ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro