site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तरुण दलका कार्यकर्ता छुटाउन अध्यक्ष विद्वान गुरुङको दौडधुप
लिक्विड लाउञ्जमा कुटपिट आरोपमा पक्राउ परेका आठजना ।

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउञ्जमा एक युवकमाथि कुटपिट गर्ने समूहलाई छुटाउन नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दल नै सक्रिय भएको छ ।

तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, तरुण दल काभ्रेका अध्यक्ष सुजन लामासहितको समूहले गएको शुक्रबार राति बैतडीका रमेश भट्टलाई मरणासन्न हुने गरी कुटपिट गरेको थियो । भट्ट गम्भीर घाइते छन् ।

सोही आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तामाङसहित आठजनालाई पक्राउ गरेको छ । तर, उनीहरूलाई छुटाउन तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितको टोलीले गृहमन्त्री रमेश लेखकदेखि प्रहरीलाई समेत दबाब दिन थालेको छ ।

पक्राउ परेकालाई छुटाउनका निम्ति तरुण दलका अध्यक्ष गुरुङ गृहमन्त्रीलाई दबाब दिन कार्यकर्ताको टिम नै लिएर मन्त्री निवास धाउन थालेका हुन् । कांग्रेसका केही शीर्ष नेतामार्फत प्रहरी र गृहमन्त्रीमाथि दबाब बढाइएको प्रहरी अधिकारी बताउँछन् ।

पक्राउ परेका आठजनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति पाएको छ ।

तामाङविरुद्ध ०६९ सालमा पनि दरबारमार्गकै एउटा क्लबमा युवकमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । उनी ०७२ सालमा काभ्रेमा बुद्धचित्तको माला लुटपाटको घटनामा ११ महिना जेल बसेर छुटेको समेत खुलेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro