site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार किलो गाँजा र तीन लाख नगदसहित युवती पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार किलो प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।

बुधबारे इलाका प्रहरी कार्यालयको टोलीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार किलो गाँजा, नगद तीन लाख ६ हजार ८७० रुपैयाँ र भारु दुई हजार ३०० बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैँची, अचानो र हथौडा बरामद गरिएको प्रहरीले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro