site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अमेरिका र भारतले पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सन् २०२५ मार्चमा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

नासा–इसरो सिन्थेटिक अपर्चर रडार (निसार)ले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तन मापन गर्न प्रत्येक १२ दिनमा दुईपटक पृथ्वीको लगभग सबै जमिन र बरफको सतह स्क्यान गर्नेछ । निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ ।

नासाका अनुसार, निसारको अवलोकनले विश्वभरका अन्वेषकलाई ग्रहको सतहमा आइसफिट, हिमनदी र समुद्री बरफलगायत परिवर्तन राम्ररी बुझ्न मद्दत गर्नेछ ।

यसले पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तन साथै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिलाई पनि दर्साउनेछ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro