site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको बैठकमा प्रश्न : पार्टी कसले चलाउने हो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा पार्टी कसले चलाउने हो भनि प्रश्न उठेको छ । आइतबारको बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले प्रायः नेताले पार्टी बनेन भनेकोमा आपत्ति जनाउँदै कसले हो चलाउने भन्दै सोधेका थिए ।

“सबैले पार्टी चलेन, चलेन भन्ने अनि कसले हो चलाउने ? अधिवेशनमा हारेका त हराइयो भन्दै असन्तुष्ट भए होलान् । जितेकाले त चलाउनुपर्‍यो नि ! किन नचलाएको ? यसको जवाफ नेतृत्वले दिनुपर्छ,” पराजुलीले बैठकमा भनेका छन् ।

उनले बेदुराम भुसाल महासचिव हुँदा नै संगठित भएका कार्यकर्ता कहाँ छन् भनि सोधे । “ती मान्छे कहाँ छन्, नेतृत्वलाई थाहा छ ? यही पार्टीमा छन् कि गइसके ? म निराश छैन । तर, संगठनलाई खदिँलो बनाउने काम किन भएन ? नेतृत्वले त्यसको जिम्मा लिनुपर्दैन ?,” पराजुलीको प्रश्न छ । बैठकमा पदाधिकारीमा पराजित भएका नेताहरूलाई स्थायी कमिटीमा मनोनीत गरेकोमा धन्यवाद दिएका थिए ।

बुधबारको स्थायी कमिटी बैठकले १७ नेतालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको थियो । बैठकमा स्थायी कमिटी सदस्य विरोध खतिवडाले पार्टीमा विचार र दृष्टिकोणमा कुनै कमी नभएको बताएका थिए । “हाम्रो पार्टीमा विचार र दृष्टिकोणमा त कुनै कमी छैन । विद्वान हुनुहुन्छ,” उनले भने । केही नेताहरूले पार्टीको विचारमा एकरुपता नभएको धारणा पनि राखेका थिए ।

गएको बुधबारबाट जारी बैठकको चौथो दिन पनि महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको आगामी कार्ययोजनामाथि नेताहरूले धारणा राखेका छन् । बैठक भोलि पनि बस्ने उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने भने पनि त्यो कार्यसूचीमा छलफलमा प्रारम्भ भएको छैन । आगामी कार्ययोजनामा नै छलफल केन्द्रित छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro