site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा आज शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो ।  

आजदेखि अवकाशमा गएका एआईजी भीमप्रसाद ढकाल र मंसिर २१ गते अवकाशमा पाएका केदार ढकालको रिक्त पदमा उनीहरूलाई ल्याइन लागिएको हो ।

एआईजीको ५६ वर्ष उमेरहदका कारण उनीहरू दुवैले अवकाश पाएका थिए । सोही रिक्त पदमा सिंह र बोहरालाई बढुवा सिफारिस गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro