राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आउँदो पुस २१ गते बस्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठकको मिति तय गरिएको हो ।
त्यसको तयारीका निम्ति स्थायी कमिटी बैठक पुस १८, १९ र २० गते बस्ने माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक यसअघि पुस २ देखि ७ गतेसम्म बस्ने तय थियो । शुक्रबारको बैठकबाट नयाँ मिति तोकिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ १५:४४
प्रतिक्रिया दिनुहोस्