site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधेयकमा समयसीमा तोकौँ : घिमिरे
तस्बिर : रासस ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकमा समयसीमा लगाउनेबारे छलफल थालिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा निजामती विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्र्दै उनले त्यसबारे छलफल भइहेको बताए ।

“प्रमुख सचेतकहरूले छलफल पनि चलाएका छौँ । संसद्‌मा आएको कति दिनसम्ममा समितिमा पठाउने हो ? समितिले कति दिनभित्रमा निर्णय गरेर पठाउने हो ? निश्चित अवधि तोक्नुपर्‍यो,” उनले भने ।

समयसीमा नराखिँदा विधेयक पारित गर्नै गाह्रो भएको उनले उल्लेख गरे । दर्ता गरिएका विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने गरी लाग्नुपर्नेमा उनले जोड दिए ।

“विधेयक भोलिका दिनमा संशोधन गर्न सकिन्छ । विधेयक अड्काएर राख्ने धेरै स्वार्थ समूह हुँदा रहेछन्,” उनले भने, “व्यक्तिगत चाहना पूरा गर्न सकिँदैन । राष्ट्रको हितलाई सोचेर काम गर्ने हो ।”

विधेयक पारित गर्न अप्ठ्यारो भए प्रमुख सचेतकहरूले सहमति गर्ने विषयमा पनि छलफल भएको उनले सुनाए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro