अर्थ व्यवसाय
काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी) ब्रान्ड लिपमोटरको नयाँ कार टी०३ भित्र्याइएको छ । कम्पनीको कम्प्याक्ट इलेक्ट्रिक गाडी लिपमोटर टी०३ लाई परीक्षणका निम्ति काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ ।
स्टेलान्टिसको लगानीमा लिपमोटर टी०३ नेपाली बजारमा ल्याइएको हो । स्टेलान्टिससँग प्युजो, सिट्रोएन, जीप, डज र माजेरातीलगायत १४ प्रतिष्ठित ब्रान्डको पोर्टफोलियो छ ।
यो सहकार्यले लिपमोटरको लक्ष्यलाई बलियो बनाएको कम्पनीको विश्वास छ । हाल परीक्षणमा रहेको लिपमोटर टी०३ विशेषतः सहरी र वातावरणमैत्री उपभोक्ताका निम्ति डिजाइन गरिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ १५:५१
प्रतिक्रिया दिनुहोस्