site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा पुगेको छ । यही मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा सुपर ओभरसम्म पुगेको यो पहिलो खेल हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो । १४० रनको लक्ष्यसहित मैदानमा उत्रिएको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

पोखरालाई अन्तिम ओभरमा जितका निम्ति १४ रन आवश्यक थियो । पोखराबाट क्रिजमा रेमोन रेफर र नारायण जोशी थिए । विराटनगरबाट बलिङमा आएका बसिर अहमेदले पहिलो बल डट फ्याँके । दोस्रो बलमा पनि बसिरले एक रन मात्र खर्चिए ।

तेस्रो बलमा रेफरले छक्का प्रहार गरेपछि पोखरालाई जितका निम्ति तीन बलमा सात रन आवश्यक थियो । चौथो बल बसिरले पुनः डट फ्याँके । पाँचौँ बल पनि बसिरले डट फ्याँकेपछि पोखरालाई जितका निम्ति अन्तिम बलमा सात रन आवश्यक थियो । अन्तिम बलमा रेफरले छक्का प्रहार गरेपछि खेल ‘टाई’ भएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro