site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले रुसको कब्जा गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर 

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर दिएको छ । अमेरिकाले यो रकम रुसको जफत गरिएको सम्पत्तिबाट दिएको हो ।

यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी–सेभेन समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका थिए । 

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायता दिनुको अर्थ ‘रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने’ भएको बताइन् ।

उनले मंगलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउनेछ । 

अमेरिकाले युक्रनेलाई २० अर्ब डलर यस्तो बेला दिएको छ जतिबेला नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका थिए ।

ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए । ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा युक्रेनलाई आर्थिक सहायता दिने हो अथवा होइन भन्ने शंका उत्पन्न भएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro