site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीविरुद्ध ब्याटिङमा काठमाडौं 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाडौं गुर्खाजले ब्याटिङको निर्णय गर्दै लुम्बिनीलाई फिल्डिङको निम्तो दिएको हो । 

प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार व्यहोेरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताको प्लेअफ यात्राबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको लुम्बिनीले त्यसअघिका चार खेलमा भने लगातार हार व्यहोरेको थियो ।

लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटको, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको साँघुरो हार व्यहोरेको थियो ।

यता, काठमाडौं भने आजको खेलमा जितसहित आफ्नो प्लेअफ सम्भावनालाई कायम राख्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा तीन खेल मात्र खेलेको काठमाडौंले यसक्रममा दुई हार र एक जितको नतिजा निकालेको छ ।

काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro