site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआईजीद्वय ढकाल र बज्राचार्य अवकाशमा जाँदै

काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउने भएका छन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी भीमप्रसाद ढकाल र अर्का एआईजी किरण बज्राचार्यले अवकाश पाउन लागेका हुन् ।

एआईजी ढकाल तीनदिन पछि मंसिर २८ र बज्राचार्यले पुस १४ गते अवकाश पाउन लागेका हुन् । दुईजना नै प्रहरीको महत्त्वपूर्ण कार्यालयको प्रमुख छन् । ढकाल प्रहरीको मानवस्रोत विकास विभाग र बज्राचार्य उपत्यका प्रहरी कार्यालयको प्रमुख छन् ।

उनीहरू दुवैजना हालका प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुवँरकै ब्याची हुन् । चारदिन अघिमात्रै एआईजी केदार ढकालले पनि ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका थिए । उनी प्रदेश समन्यव विभाग प्रमुख थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro