site stats
बाह्रखरी :: Baahrakhari
देश
रूखले किचेर एकजनाको मृत्यु

खोटाङ । गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईंको मृत्यु भएको छ । 

रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित निजी वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रूख ढल्ने क्रममा गोलिया काठ संकलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए ।  

“मृतक दमाईं हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन् । ज्यालादारी कामका लागि आएका उनको रूखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, बस्नेतले भने, “मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गरायौँ । जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ ।” रासस
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्