site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए ।

सहायक विदेशमन्त्री लुले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैंगिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक सुरुआत कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तर्क्रियामा समेत सहभागिता भएका थिए ।

उनले आज सञ्चारकर्मीसँगको अन्तर्क्रियामा नेपाल–अमेरिका सम्बन्धमा विविध आयामबारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयनप्रति सन्तोष व्यक्त गरे । यस परियोजनाको निर्माणले नेपालको ऊर्जा र सडक पूर्वाधारको प्रगतिमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो । साथै, उनले नेपालको विकास निर्माणमा अमेरिकी सहयोग निरन्तर रहिरहने उल्लेख गर्दै नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका बारेमा चासो समेत व्यक्त गरेका थिए ।

सहायक विदेशमन्त्री लुले नेपालको समृद्ध सांस्कृतिक सम्पदाका रूपमा रहेको भक्तपुर क्षेत्रको भ्रमण पनि गरेका थिए । उनको भ्रमणले अमेरिका–नेपाल साझेदारीलाई सुदृढ तुल्याउँदै दिगो विकास, लैंगिक समानता र सामुदायिक सशक्तिकरणलगायत प्रमुख क्षेत्रहरूमा निरन्तर सहकार्य र थप प्रगति हुने विश्वास गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro