site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चीनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ र सेन्जेनमा नेपालको पर्यटन प्रवर्द्धन गरेको हो । 

ग्वान्जाउ इन्टरनेसनल ट्राभल फेयरको निमन्त्रणामा मंसिर १७ गते ग्वान्जाउमा र मंसिर १९ गते चीनको सेन्जेनमा आयोजित ट्राभल फेयर र नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) रोड सोमा सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो । 

कार्यक्रममा सहभागी दुई सय ५० भन्दा बढी ‘आउटबाउन्ड टुर अपरेटर’ र मिडिया प्रतिनिधिसमक्ष गन्तव्य नेपाल र आगामी फागुन १२ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने नाइस कार्यक्रमको प्रवर्द्धन गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र नाइस २०२५ का सद्भावना दूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्रा.डा. वोल्फगाङ जोर्ज अर्लटले नेपालको पर्यटन सम्भावना उजागर गर्दै पर्यटन विकास र प्रवर्द्धनमा जोड दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा  चिनियाँ सरकारद्वारा “नेपाल पर्यटन वर्ष २०२५”को औपचारिक घोषणासँगै नाइस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि सहयोग पुग्ने अध्यक्ष लकाईले बताए । उनले चिनियाँ टुर अपरेटरलाई नाइसमा सहभागी हुन निमन्त्रणा गर्दै प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र असीमित सम्भावनाको साक्षी बन्न आग्रह गरे । 

हालसम्म, चीन र भारतबाट दुई सयभन्दा बढी क्रेताले नाइसका लागि आवेदन दर्ता गरिसकेको पाटा नेपालले जनाएको छ । रोड सोले चिनियाँ आउटबाउन्ड अपरेटरबीच कार्यक्रमको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro