site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनमा निरन्तरता पाउने

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनमा निरन्तरता पाउने भएको छ । आज (सोमबार)बाट यो चलचित्र प्रदर्शन नहुने भनिए पनि अन्ततः प्रदर्शनले निरन्तरता पाएको छ । 

‘पुष्पा–२ : द रुल’ आएपछि ‘पूर्ण बहादुरको सारङ्गी’ले पर्याप्त शो नपाएको गुनासो गर्दै निर्माताले चलचित्र सोमबारबाट उतार्ने निर्णय गरेका थिए । तर, वितरक र प्रदर्शकले भने चलचित्र नउतार्न निर्मातालाई दबाब दिएको थिए । 

विद्यालयहरूले विद्यार्थीलाई सिनेमा देखाउन चाहेको भन्दै प्रदर्शनलाई निरन्तरता दिन आग्रह गरेकाले पनि ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शनलाई निरन्तरता दिइएको सेभेन सिस सिनेमाले जनाएको छ । 

कात्तिक १५ गतेबाट ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भएको थियो । यो चलचित्रले नेपालमा हालसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गरिसकेको छ । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । 
qqqq-1733719547.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro