site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सूर्य नेपालको करछली आशंकामा अनुसन्धान, कर अधिकृत गोदाममै पुगे  

काठमाडौं । सूर्य नेपालका सिमरा र दमैलीमा भएका कारखाना तथा गोदाममा नै पुगरे कर अधिकृतले अनुसन्धान गरेका छन् । कम्पनीले ऐन विपरीत ‘सूर्य फ्युजन’ चुरोट ‘फ्रि फ्लो’ लेखिएको ‘एक्ट्रा’ बट्टामा पसल–पसलमा वितरण गरेपछि करछलीको अशंकामा आन्तरिक राजस्व विभागले राजस्व कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । 

सोही अनुसार उद्योग भएका दुई स्थान सिमरा र दमैलीमा अनुसन्धान गरिएको छ । 

कानुन लत्याउँदै सूर्य नेपाल : ‘सूर्य फ्युजन’ चुरोट बेच्न गैरकानुनी हतकण्डा 

आन्तरिक राजस्व कार्यालय सिमराका सूचना अधिकारी वसन्त नेपालका अनुसार उद्योग र गोदाममा नै गएर अनुसन्धान गरिएको हो । यी बट्टा कहाँबाट आए भनेर अब विभागले नै अनुसन्धान गर्ने नेपाल बताउँछन् । “आन्तरिक राजस्व विभागले हामीलाई सूर्य फ्यूजन चुरोटको बारेमा बुझ्न लगाएको थियो । कार्यालयले फिल्डमा गएर पनि बुझ्यो,” उनले बाह्रखरीसित भने, “काठमाडौंमा यो चुरोट लन्च गरेको भन्ने सुनिएको छ । पोखरामा पनि केही समयपछि लन्च गर्ने तयारी रहेको बुझिएको छ ।” 

कम्पनीले भरखरै बजारमा ल्याएको नयाँ प्याकेट ‘सूर्य फ्युजन’को प्रचार गर्न अर्काे नयाँ बट्टा प्रयोग गरेको र बजारमा प्रचारप्रसार गरेको छ । कम्पनीले बाहिर कुनै पनि चित्र तथा अन्तसुल्क स्टिकर नराखी आकर्षक बट्टामा चुरोट चोक–चोकका किराना पसललाई वितरण गरेको पाइएको छ । 

‘फ्रि फ्लो’ लेखिएको चिटिक्क परेको बट्टामा कम्पनीले ‘सूर्य फ्युजन’ चुरोट राखेर पसल पसलमा दिने गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro