site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ सिनेमा हलबाट उतार्ने निर्णय 

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट प्रदर्शन नहुने भएको छ । निर्माणपक्षले विज्ञप्ति जारी गर्दै सोमबारबाट नेपालभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो 

हलहरूले नजरअन्दाज गरेको भन्दै सेभेन सिस सिनेमाले हलबाट सिनेमा उतार्ने बताएको छ । 

दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएकोप्रति विज्ञप्तिमा संकेत गरिएको छ । 

विज्ञप्तिमा स्पष्ट नखुलाए पनि ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भने हिन्दी सिनेमा आएपछि आफ्नो चलचित्रलाई हल नदिइएको र दिएका हलको सिट क्षमता पनि न्यून रहेको बताएका छन् । 

कात्तिक १५ गते रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा रेकर्ड ब्रेकिङ कलेक्सन गरिसकेको छ । 

efmg-1733562216.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro