site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्दा सरकारले पर्याप्त तयारी नगरेको खनालको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन नसकेको बताएका छन् । 

चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा उनको उनको थियो । चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको उनको आरोप लगाए ।  

उनले बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भए त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरे ।  

छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरुसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने उनले बताए । 

खनालले बीआरआई नेपालको हितमा रहेको दोहोर्याए । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट व्यहोर्नुपरेको भन्दै पारावहनका विषयमा सरकारले चीनसँग  आवश्यक छलफल अघि बढाउनुपर्ने धारणा राखे । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro