site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चार वर्षमा ईभीको फड्को : डेढ अर्बको बजार ३६ अर्ब पुग्यो !

काठमाडौं । विद्युतीय सवारी–साधन (इलेक्ट्रिकल भेहिकल–ईभी) को बजार पछिल्ला वर्षहरूमा नेपालमा उल्लेख्य रूपमा बढेको छ । विगत चार वर्षको तथ्यांक हेर्दा ईभी उद्योग डेढ अर्बदेखि अत्यधिक वृद्धि हुँदै ३६ अर्बसम्म पुगेको हो ।

आर्थिक वर्ष २०७७–०७८ मा एक अर्ब ४५ करोड रुपैयाँका विद्युतीय सवारी–साधनहरू आयात भएको भन्सार विभागको तथ्यांक छ । जसमा ६५ करोड ७८ लाख ४३ हजार रुपैयाँका २४९ वटा जिप, कार तथा भ्यान थिए । 

विद्युतीय बस, माइक्रोबस, तीन पाङ्ग्रे, साइकल, स्कुटर जस्ता ८ हजार ५१९ साधनको आयातबाट सरकारले त्यस वर्ष ५५ करोड २८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०७८–०७९ मा ईभीको बजार उल्लेख्य रूपमा बढ्दै ७ अर्ब नाघेको सरकारी आयात तथ्यांकले देखाएको हो । 

त्यसवर्ष ७ अर्ब १९ करोड ४९ लाख ८१ हजार रुपैयाँ खर्चदै १४ हजार ७८७ विद्युतीय सवारी साधन आयात भए । जसमा  एक हजार ८०७ जिप, कार तथा भ्यान थिए । सरकारलाई २ अर्ब ३२ करोड ३० लाख ९६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । 

आर्थिक वर्ष २०७९–०८० मा ईभीको बजार अघिल्लो वर्षका तुलनामा दोब्बरभन्दा बढीले बढ्यो । त्यसवर्ष १५ अर्बभन्दा बढीका २३ हजार ६५६ विद्युतीय सवारी साधन आयात भएका थिए ।

१५ अर्ब ३२ करोड ६४ लाख ८० हजार रुपैयाँका ती ईभीबाट सरकारले ४ अर्ब ४ करोड ३८ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०८०–०८१ मा समेत ईभीको बजार दोब्बरभन्दा बढीले विस्तार भएको छ । गएको आर्थिक वर्षमा ३६ अर्ब ७ करोड ७६ लाख ३२ हजार रुपैयाँ विद्युतीय साधनहरू आयातमा खर्च भएको हो ।

जसमा २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँका ११ हजार ७०१ विद्युतीय जिप, कार तथा भ्यान छन् । विद्युतीय बस, माइक्रोबस, तीन पाङ्ग्रे, बाइक, स्कुटर एवं साइकललगायत ३६ हजार ६१ विद्युतीय सवारी साधन गएको एक वर्षमा आयात गरिएको हो ।

३६ अर्ब बढीको उक्त आयातबाट सरकारले १५ अर्ब १० करोड ३६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यसरी गएका चार वर्षमा नेपालमा ईभी उद्योग एक अर्ब ४५ करोडबाट बढेर ३६ अर्ब नाघेको हो । डिजेल, पेट्रोलका गाडी किन्दा इन्धनमा लाग्ने खर्चको तुलनामा ईभीमा चार्ज गर्दा लाग्ने शुल्क कम हुने हुँदा बिजुली गाडीमा आर्कषण बढ्दो छ ।

यस्तै वैश्विक रूपमा जलवायु परिवर्तन एवं वैश्विक तापमान वृद्धिविरुद्ध शुद्ध उर्जाको बहस चलिरहँदा र विकल्पमा काम भइरहँदा त्यसको प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावले समेत अन्यत्रझैँ नेपालमा पनि ईभीको प्रयोग बढ्दै गएको देखिन्छ ।

व्यक्तिगत प्रायोगजनका सवारी साधन मात्रै नभएर व्यवसाय सञ्चालनकै निम्ति ईभी खरिद गर्ने क्रम बढ्दै गएको छ । गएको आर्थिक वर्षमा मात्रै करिब ९०० वटा बस तथा माइक्रोबसहरू आयात भएको छ ।

आवर वल्र्ड इन डाटाको तथ्यांक अनुसार, विश्वमा सबैभन्दा धेरै नयाँ गाडी विद्युतीय किन्ने देशको पहिलो नम्बरमा नर्वे छ । त्यसपछि आइसल्यान्ड, स्विडेन, नेदरल्यान्डस् र चीनलगायत मुलुकहरू छन् ।

नेपालमा समेत ईभीको प्रयोग उल्लेख्य रूपमा बढ्दै गएपनि भविष्यमा ब्याट्री परिवर्तन, प्रशोधन एवं मर्मत लागतका कारण किफायती हुने नहुने चिन्ता पनि छ । भविष्यमा ब्याट्रीमा अझै परिस्कृत परिर्वतन भएमा ईभीले बजार कायम राख्ने देखिन्छ ।

नेपालमा चालु आर्थिक वर्षमा समेत अघिल्ला वर्ष झैँ ईभी उद्योगको विस्तारले गति कायम राख्ने देखिन्छ । चालु आर्थिक वर्ष २०८१–०८२ को चार महिनामै आठ अर्ब ३७ करोड नौ लाख ५२ हजार रुपैयाँका तीन हजार ४८७ वटा विद्युतीय जिप, कार तथा भ्यान आयात भएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro