site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायली हमलामा २० प्यालेस्टाइनीको मृत्यु
तस्बिर : एएफपी ।

काठमाडौं । दक्षिणी गाजापट्टीको खान युनिसको पश्चिममा विस्थापित मानिसका निम्ति बनाइएको आश्रयस्थललाई लक्षित गरी बुधबार इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार, इजरायली युद्धक विमानहरूबाट एउटा मिसाइलका साथ मावासी क्षेत्रमा विस्थापित मानिसको घरमा रहेको आश्रयलाई निसाना बनाई आक्रमण गरिएको थियो । स्वास्थ्यकर्मीले उद्धार टोलीले पाँच बालबालिकासहित २० पीडितको शव निकालेको र दर्जनौँ घाइतेलाई अस्पताल लगिएको बताएका छन् ।

इजरायली सेनाले हालसम्म आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार ५३२ पुगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro