site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २४.९७ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २७५०.८७ को विन्दुमा पुगेको हो ।

यसदिन कारोबारमा रहेका १३ मध्ये हाइड्रो, माइक्रोफाइनान्स र उत्पादन क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको छ । १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको स्थिर छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ९ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँमा दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा खानीखोला हाइड्रोको सेयरमूल्य ९.९९ र जोशी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको सेयर मूल्य दश प्रतिशतले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro