site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चले सच्याएको मुद्दामा बोलेका ढुंगानाविरुद्धको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाविरुद्धको अदालतको अवहेलना रिट ‘हेर्न नमिल्ने’मा परेको छ । संसदीय सुनुवाइ समितिका सदस्य समेत रहेका ढुंगानाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता त्रिलोकबहादुर चन्दले गएको मंसिर ४ मा रिट दायर गरेका थिए । यसअघिका तीन पेसीमा पनि रिट हेर्न नमिल्नेमा परेको थियो । 

मंसिर ६ र ११ मा न्यायाधीश शारंगा सुवेदी र मंसिर १७ गते नित्यानन्द पाण्डेयको इजलासमा परेको उक्त रिट हेर्न नमिल्नेमा राखिएको थियो । कात्तिक २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकमा ढुंगानाले न्यायाधीश सपना मल्ल प्रधानका विषयमा गरेको टिप्पणी अवहेलना भएको रिटमा दाबी छ । 

सर्वोच्चका न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइका क्रममा ढुंगानाले न्यायाधीश प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासले गण्डकी प्रदेश सरकारका विषयमा गरेको फैसलालाई उदाहरण बनाएर भनाइ राखेका थिए । 

Dabur Nepal
NIC Asia

न्यायाधीश प्रधान र सुवेदीको इजलासले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसँग बहुमत नभएको भन्दै परेको रिटमा ६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख अलग गर्दा ३० नै बहुमत हुने फैसला गरेको थियो । यस विषयमा ढुंगानाले न्यायाधीश प्रधानमाथि प्रश्न उठाएका थिए । त्यही प्रश्नका कारण ढुंगानाविरुद्ध अधिवक्ता चन्दले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । 

ढुंगानाले भनेका थिए, “सबैभन्दा दुर्भाग्य गण्डकीको जुन निर्णय भयो, त्यो निर्णयले धेरै नै पिरोल्यो । जककी उहाँलाई पनि सुनुवाइ समितिमा भनेको थिएँ– तपाईंले एउटा पार्टीको झन्डा बोकेर बस्नुभएको थियो हिजोको दिनमा । अब आज तपाईं न्यायपालिकामा आउँदै हुनुहुन्छ तपाईंले न्याय निष्पक्ष दिन सक्नुहोला र ? होइन, चप्पल खोलेर न्यायपालिकाको कुर्सीमा बस्नुपर्छ भन्नुभयो । मलाई पनि खुसी लाग्यो । चप्पल त खोल्नुभएको होला लागेको थियो, तर उहाँले चप्पल खोल्नुभएको रहेनछ । त्यसैले यो सब कुराको प्रस्ट रूपमा यहाँले कार्य गर्दा कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ ?”

न्यायाधीश प्रधान २०६४ मा नेकपा (एमाले)को समानुपातिक तर्फबाट पहिलो संविधानसभा सदस्य थिइन् । एमालेबाट संविधानसभा सदस्य भइ निवृत्त भएपछि प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी प्रधानकोे नियुक्ति भएको थियो । उनी यसपछिको प्रधानन्यायाधीशको रोलक्रममा छिन् ।

बाहिर धेरै प्रश्न भए पनि प्रधानलाई त्यतिबेला ढुंगानाले नै संसदीय सुनुवाइ समितिमा प्रश्न गरेका थिए । २०७३ साउन १३ मा भएको सुनुवाइ समिति बैठकमा ढुंगानाले प्रधानलाई ‘लोगो लगाएर झन्डामुनि उभिएको व्यक्तिले निष्पक्ष न्याय दिनेमा अविश्वास व्याप्त रहेको’ भनेर प्रश्न उठाएका थिए । प्रस्तावित न्यायाधीशलाई एउटा दल विशेषको बनाउँदै व्याख्या गरेको भनेर प्रधानले असन्तुष्टि जनाएकी थिइन् ।

उक्त मुद्दा आज (बुधबार) चौथोपटक हेर्न नमिल्नेमा परेको छ । यसअघि सुवेदीको इजलासले उनकै फैसलामा प्रश्न उठाएका कारण हेर्न नमिल्नेमा राखिएकोमा नित्यानन्दको इजलासमा १७ गते र निरौलाको इजलासमा बुधबार आफ्नै सुनुवाइका क्रममा टिप्पणी भएको भन्दै हेर्न नमिल्नेमा राखिएको हो ।

जुन मुद्दामा टिप्पणी गरेका कारण ढुंगानालाई अदालतको अवहेलना मुद्दा लागेको छ । उक्त मुद्दा भने न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासको अर्को फैसलाबाट बदर भइसकेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro