site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनको परिणाम निराशाजनक छैन, कीर्तिपुरमा प्रगति गर्‍यौँ : पोखरेल

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिने बताएका छन् । उनले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी–कमजोरीबारे समीक्षा गरिने बताएका हुन् ।

०७९ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत एमाले विजयी भएको उनले उल्लेख गरे । उनले स्थानीय तह उपनिर्वाचन परिणामका विषयमा पार्टी निराश हुनुपर्ने कारण नरहेको बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकामा समीक्षा गरिने उनले स्पष्ट पारे ।

Dabur Nepal
NIC Asia

उनले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको बताए । हाल पुराना राजनीतिक दलहरू ‘आउटडेटेड’ भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको उनले उल्लेख गरे । जनताले अझै पुराना राजनीतिक दलहरूबाट आशा र विश्वास कायमै राखेको उनको जिकिर छ ।

राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने भनाइलाई जनताले अस्वीकार गरेको उनले टिप्पणी गरे ।

ईश्वर पोखरेलको भनाइ पढ्नोस्–
उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरूमा पनि जितेका छौं । अरू पार्टीहरूले लामो समयदेखि जित्दै आएका ठाउँहरूमा पनि जितेका छौँ । केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर, उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समीक्षा पनि गरौँला, कहाँ के कमजोरी भयो । हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौँला । तर, त्यस्तो निराशाजनक कुरा होइन । कीर्तिपुरमा २०७९ को निर्वाचनबाट आएको परिणाम पनि थाहा छँदै छ । त्यस बेला डल्लै गठबन्धन पनि थिएन र पनि हामीले जित्न सकेका थिएनौँ । हामीले उक्त निर्वाचनभन्दा अहिले प्रगति गरेका छौँ । तर पनि परिणाम हाम्रो पक्षमा रहेन । त्यहाँ हाम्रा केही कमजोरी भएका हुन सक्छन् । हामीले पुनरवलोकन पनि गर्नुपर्ने हुन्छ । यता काठमाडौं महानगरको १६ नम्बरको पनि अवस्था त्यही हो । महत्त्वपूर्ण वडा हो, तर त्यहाँ हामीले जित्न सकेनौँ । त्यसमा भएका कमी–कमजोरीलाई हामी हेर्छौँ र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौँ । अहिले एउटा भाष्य खडा गरिँदै छ– पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन, कायम छन् भन्यो । युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro