site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विराटनगरमा कोइराला पक्षको भेला सम्पन्न, शेखरले भने– धम्कीबाट नडराउनू

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको विराटनगरमा आयोजित प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय कार्यालयले रोक्ने प्रयास गरे पनि सफल हुन सकेन । भेलामा कोसी प्रदेशका अधिकांश पालिकाका सभापति सहभागी थिए ।

कोइरालाको गृहजिल्लाका कांग्रेस कार्यकर्ताको उपस्थितिले कार्यक्रमस्थल विराटनगरको जैन भवन खचाखच थियो । कार्यक्रममा कोइरालाले पालिका सभापतिहरूको संरक्षणमा आफूले कुनै कसर नछाड्ने बताए ।

"तपाईंहरू कुनै धाकधम्की बाट नडराउनुहोस्, तपाईंहरूको संरक्षणको जिम्मा मेरो हो," कोइरालाले भने ।

नेता कोइरालाले पार्टीको १५औँ महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने बताए । तर, महाधिवेशन तोकिएको समयमा हुनेमा भने आशंका रहेको उनको भनाइ छ ।

Shekharr-1733236270.jpg
उनले संविधान संशोधनको विषयमा सरकार गम्भीर नभएको र खासै ध्यान नदिएको बताए । यस विषयमा अन्य दलसँग समेत छलफल गर्नुपर्ने उनको जोड थियो  ।‌

"सरकार बनेको चार महिना लाग्दा समेत सत्ता पक्ष र अन्य दलसँग छलफल गर्न सरकारले कुनै चासो देखाएको छैन," उनले भने ।

कोइराला पक्षले विराटनगरमा भेला राखेपछि त्यसलाई रोक्न पार्टी केन्द्रीय कार्यालयले जिल्ला सभापतिहरूलाई पत्राचार गरेर 'कार्यक्रम पार्टीको आधिकारिक नभएकाले सहभागी नहुन' भनेको थियो । तर, यसका बाबजुद कोइराला पक्षका अधिकांश नेता कार्यक्रममा सहभागी भए ।

नेताहरू मिनेन्द्र रिजाल, सुनिल शर्मा, राजीव कोइराला, केदार कार्कीलगायत केन्द्रीय र प्रदेशस्तरीय नेताहरू भेलामा सहभागी थिए ।

कार्यक्रममा बोल्दै नेता रिजालले रोकटोक र निषेधको राजनीति कांग्रेसको संस्कार नभएको बताए ।। "एकअर्काको मुन्टो बटार्ने काम कोही कसैबाट हुनुहुँदैन," उनले भने ।

नेता गुरु घिमिरेले पार्टीलाई चलायमान गर्न कांग्रेसका जुन नेताले पनि कार्यक्रम गर्न सक्ने बताए । 

कोइरालाको भेलामा ६१ जना पालिका सभापति सहभागी भएको संस्थापन पक्षको दाबी छ । तर, ११३ जना सहभागी भएको कार्यक्रमका संयोजक नेपाली कांग्रेस विराटनगर सभापति दिपक चापागाईंले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro