site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यो हारबाट धेरै चिन्तित छैन : पोखराका प्रशिक्षक राजीव

काठमाडौं । लज्जास्पद हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले ट्वान्टी–२० क्रिकेटमा कहिलेकाहीँ खराब नतिजा आउने भएकाले हारबाट आफू धेरै चिन्तित नरहेको बताएका छन् । 

चितवन राइनोजसँग मंगलबार फराकिलो हार सामना गरेपछि प्रशिक्षक राजीवले टी–ट्वान्टीमा कहिलेकाहीँ यस्तो नतिजा आउने भएकाले आफू धेरै चिन्तित नभएको बताएका हुन् । साथै, आफ्नो टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले बलियो भएर आउनेमा उनी विश्वस्त देखिए । 

१५०/१६० को लक्ष्य भेट्टाउन सहज हुने भए पनि आज खेल आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो । साथै उनले ६/७ को अवस्थामा पुग्नु पनि सहज नतिजा नभएको र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कहिलेकाहीँ यो अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे ।

तर, टी ट्वान्टी–२० मा सधैँ यस्तै अवस्था नहुने र आगामी खेलमा सुधार गर्ने उनको लक्ष्य छ । आज पहिलो खेल भएकाले योजनाअनुरूप हुन नसकेको उनले उल्लेख गरे ।

प्रशिक्षक राजीवले केही गल्ती भएको र चितवनले पनि राम्रो बलिङ गरेको बताए ।

यता एकै ओभरमा तीन विकेट लिएका चितवनका बलर रिजन ढकालले मेहनत गरेअनुरूप नतिजा प्राप्त भएको र यो सफलतामा बोल्ने आफूसँग शब्द नै नभएको बताए । पोखराको अन्तिमसम्म नारायण जोशी र विपीन खत्रीले राम्रो ब्याटिङ गरिरहेको तथा अन्तिम बलसम्म राम्रो बलिङ गर्ने टोलीको लक्ष्य रहेको समेत उनको भनाइ छ । सोहेल तान्विर र रवि बोपारा जस्ता अनुभवी खेलाडीबाट आफूहरूले धेरै कुरा सिक्न पाएको उनले उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro