site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा प्रधानमन्त्री ओली : एयरपोर्टदेखि सीसँग भेटसम्म (तस्बिरहरू)
तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसित शिष्टाचार भेटवार्ता गरेका छन् । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनी र सीबीच मंगलबार बेइजिङमा भेटवार्ता भएको हो ।

a1-1733215479.jpg
सीसँगको भेटअघि प्रधानमन्त्री ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका थिए ।

i1-(3)-1733211245.jpg
मंगलबारै यसअघि प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको थियो । ओलीलाई लीले ग्रेट हल अफ पिपलमा आयोजित समारोहमा स्वागत गरेका थिए ।

Kpolivisitchina-(5)-1733211286.jpg
प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अरू चिनियाँ नेता पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यको परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अरू नेताको परिचय गराएका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

Kpolivisitchina-(7)-1733211305.jpg
त्यसलगत्तै दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

Kpolivisitchina-(3)-1733211334.jpgत्यसपछि नेपाल–चीनबीच नौ समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भयो ।

Kpolivisitchina-(11)-1733211550.jpg
प्रधानमन्त्री ओली नेतृत्वको ८७ सदस्यीय प्रतिनिधिमण्डल सोमबार (हिजो) बेइजिङ पुगेको हो । उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए ।

Kpolivisitchina-(9)-1733211368.jpg
प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्कने भ्रमण तालिका छ ।

थप तस्बिर हेर्नोस्–

Kpolivisitchina-(8)-1733211500.jpg

Kpolivisitchina-(10)-1733211500.jpg

Kpolivisitchina-(4)-1733211499.jpg

Kpolivisitchina-(6)-1733211499.jpg

i1-(2)-1733211498.jpg

i1-(1)-1733211498.jpg

Kpolivisitchina-(1)-1733211498.jpg

Kpolivisitchina-(2)-1733211498.jpgasdgm-1733215080.jpg

a3-1733215538.jpg

a2-1733215538.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro